फरक यतिमात्र हो, difference is only
तिमी आगनमा थियौ म पनि आगनमै थिए ।
फरक यति मात्र हो
तिमी बसाइएकी थियौ म सुताइएको थिए
बाँकी भिड त यहाँ पनि थियो त्यहाँ पनि ॥
फरक यति मात्र हो
तिम्रो घर बस्यो मेरो उजाडियो
माला त तिम्रो गलामा पनि थियो मेरो मा पनि ।
फरक यति मात्र हो
त्यहाँ हर्ष मनाइयो यहाँ दुख
बाँकी आँशु त यहाँ पनि झरे त्यहाँ पनि ॥
फरक यति मात्र हो
तिमी घुम्टोमा सजियौ म कफनमा
निधारमा टिका त तिम्रो पनि थियो मेरो पनि ।
फरक यति मात्र हो
तिम्रोमा संगीत सुनिन्थ्यो मेरोमा चिच्याहट
बाँकी लावालस्कर त यहाँ पनि थियो त्यहाँ पनि ॥
फरक यति मात्र हो
तिमी डोलीमा चढ्यौ चितामा चढाइए
बाँकी घर त तिमीले पनि छौड्यौ मैलेपनि ।
फरक यति मात्र हो
तिमी घरमै रह्यौ म बेघरिए
बाँकी यात्रा त तिम्ले पनि गर्यौ मैले पनि॥
फरक यति मात्र हो
तिमीलाइ बधाइ दिइन्थ्यौ मलाइ समवेदना
बाँकी आफन्त त तिम्रा नि भावविभोर थिए मेरा पनि
।
फरक यति मात्र हो
तिम्रो जीवन सुरू भयो मेरो सकियो
बाँकी मृत्यु त मेरो पनि भयो तिम्रो पनि ॥

You were on fire, I was on fire too.
The only difference is
You were settled, I was asleep
The rest of the crowd was here and there.
The only difference is
Your house is ruined
The garland was on your neck as well as on mine.
The only difference is
There was joy, there was sorrow
The rest of the tears fell here and there.
The only difference is
You are covered in a veil, I am in a shroud
Tika was on your forehead and mine too.
The only difference is
Music was heard in you, screaming in me
The rest of Lavalaskar was here and there.
The only difference is
You climbed on the doli and climbed on the pyre
The rest of the house you left me too.
The only difference is
You stayed at home, I was homeless
You did the rest of the journey, I did too.
The only difference is
Congratulations to you, my condolences
The rest of the relatives were passionate about you as well as mine.
The only difference is
Your life has begun, mine is over
The rest of my death happened to me as well as to you.

टिप्पणियाँ
एक टिप्पणी भेजें