म प्रेम गर्छु अथाह गर्छु, त के भयो ?? मैले तिमीलाई मलाई प्रेम गर भनेर?? म तिमीलाई जुन जसरी मन पराँउछु। थाहा छ नि, अाकाशमा जुनलाई हेर्दा, हत्केलामा राखि चुम्ने चाहना सबैमा हुन्छ, सम्भव छैन , थाहा हुदाहुदै नि प्रेम त हुन्छ । म प्रेममा, बिहानै घाम उदाँउदा, रात पर्छ भन्ने सत्य बोके झै, विश्वस्त छु । फरक छ नि, प्रेम, र चाहत बिनाको प्रेम, म तिमीलाई खोला बगे जसरी प्रेम गर्छु, एकोहोरो बगिरहेको , फर्केर अाउने अ सम्भावना बोकेर, म, म भित्रको प्रेमलाई बोकेर लम्किरहको भेललाई, समयको साथसाथै एकोहोरो पछ्यारहेछु। हिउँद, बर्षा, खडेरी केही भन्दैन मायाको भेल यो चलिरहन्छ, तिमी छोडेर जाउ या म मरेर जाँउ, माया अमर छ, रहन्छ, रहिरहन्छ । बर्षौपछि भेटिदा, रुप फेरिन सक्छ, सौर्न्दर्य धमिलिन सक्छ, अाखाँ हुन धोका खान सक्छन् चिन्नलाई, तर मन छ नि, उस्तै अाश्वासन लिएर, प्रेमको अागोमा घ्यु थपिरहेको हुन्छ,। दिमागले कुनैदिन भुल्न सक्छ थाहा छ मलाई , तर यो मन, म मरिनैहालेछु भनेपछि , तिमी भेट्न अाउनु, कस्सम एकपटक भएपनि धड्कने छ, किनकि, म प्रेम गर्छु, अथाह गर्छु। I love you so much So w...
टिप्पणियाँ
एक टिप्पणी भेजें