कति भनु र खै
कति भनु र खै? कति भनु र खै कहाँबाट सुरु गरौ? पत्रपत्र पैतलाका पातलिएर पल्टाउदै पहरहरु, खाली खुट्टा मैले , रहर चराएको कुरा, कति भनु र खै मैलिएर मौजाएका सपनाका मुजाहरुलाई आफ्नै रगतको तरलताले, भिजाएको कुरा, एउटा रहरलाई फेरि अर्को रहरले रिझाएको कुरा, कति भनु र खै ? आखै अगाडी आफैलाई, रमिते बनाएर, आफ्नै दुखेको गाथा अाफैलाई सुनाएर आफुसँग वर्षौ पोखिएको कुरा आफैसग अनन्त बगेको कुरा कति भनु र खै ? त्यो वर्षात भन्दा 'बेसी झरेको कुरा त्यो भेल भन्दा बेसी उर्लैको कुरा त्यो छागाँ भन्दा माथिबाट खसेको कुरा त्यो शिसाभन्दा बढ़ी टुक्रीएको कुरा कति भनु र खै. यो यात्रा सहजै गरौला भन्दा भन्दा जिन्दगी छोट्टिएको, गन्तव्य पुग्दै गर्दा यात्रा सकिदै गर्दा आफ्नाहरु छुटेको आफैलाई सम्हाल्दा सम्हाल्दै आफै टुटेको कुरा कति भनु र खै भयो, यो त केही होइन, अझै बाँकी छन अझै ठुला छन अझै कहालीलाग्दा छन अझै भयङकर छन, अझै दयनिय झन ती सर्षघका कुरा, यी जिन्दगीका कुरा यि मेरी आमाका कुरा यि मेरो जिउ...