म लाल कुमार गुलाफ
म लाल कुमार गुलाफ म लाल कुमार गुलाफ तिम्रो आफ्नो तिम्ले कहिल्यै नमानेको आफ्नो कहिँ न कहिँ तिम्ले मलाइ त देखेकै हौला मलाइ नचिन्ने त सायदै कोहीँ होला म काँडाहरुको बिचमा बस्छु मैले मेरो आफ्नो काडा भनेको होइन उ त म भनेपछि मरिहत्ते गर्छ कसैले मलाइ छुन खोज्दा घोचिहाल्छ म लाल कुमार गुलाफ तिमी लाई थाहा छैन म पहिलो पटक तिमी जन्मेको दिन मरेको थिए तिम्रो आमालाइ बधाइ दिन तिम्रो नामा ्करणमा म फेरी मरे। तिम्रो बाबालाइ बधाइ दिन म फेरी तिम्रो ब्रतबन्धको दिन मरे तथा हरेक जन्मदिनमा मरिरहे तिमीलाइ बधाइ दिन म तिम्ले प्रेम प्रस्ताव राख्ने दिन पनि मरे तिम्रो प्रेमीकालाइ माया दिनऽ म कहिले तिम्लाइ शुभकामना दिन मरे कहिले माफी मागिदिन मरे कहिले छातीमा भाला रोपी ऽ हार बनेर मरे कहिले नाथे प्लष्टिकमा बेरिएर निस्सासिएर मरे कहिले भगवान भन्ने ढुङ्गा माथि ठोक्किक्एर मरे कहिले तिम्रो दैलोको शोभा बनाउन झुन्डिएर मरे कहिले शुभ साइत भन्दै कलशमा डुबेर मरे म तिम्रो, उस्को, त्यसको सबैको खुशीमा मर्ने गर्छु। दुखमा मर्ने गर्छु। मलाइ थाहा छ ऽ तिम्र...