म, me

कुनै दफ्तरमा सँजाइएको रेत थिए म,
तिमी अायौँ
हतार हतार 
बुझ्ने बहानामा 
सरसर्ति पाना पल्टाउँदै
भुईभरी छरपस्ट पारिदियौ।


केही बुझे जसरी 
केही नबुझे जसरी 
खै के निष्कर्ष निकाल्यौ?
र फेरि त्यहीँ दफ्तरमै छोडिदियौँ।


म, फेरि पहिले जसरी नै देखिए,,
तिम्रो लागि 
अरुका लागि 
देख्ने हरुका लागि ।

बुझ्ने हरुका लागि त म,
निस्सासिएको छु,
तिम्रो बुझाईले
मेरा जिन्दगीका पानाहरु
फेरबदल भएका छन,।

केही तलका पानाहरु माथि
त केही माथिका तल भएका छन।
सगैँ हुनुपर्नेहरु छुट्टिएका छन
छुट्टिनुपर्ने हरु सगैँ भएका छन।

म अाफै भित्र अनेक भएको छु
र पनि एक नै देखिन्छु,

तिमी अनुमान गर त
जसरी मुखको ठाउँमा अाखाँ
अाखाँको ठाउँमा कान
कानको ठाउँमा नाक हुदा 
कति असहज हुन्छ होला?
कति असहज देखिन्छ होला?

हो म त्यसैले,
कसैको प्रतीक्षा गरिरहेछु।
तिमी जस्तै अाएर
बुझ्ने बहानामा 
एकपल्ट छताछुल्ल पारी
फेरि व्यवस्थित बनाईदियोस्
र मलाई म जस्तै बनाईदिय‍ोस्।



english  translate :::



 I was the file  an office,

 You came

 Hurry hurry

 Under the pretext of understanding

 Turning the page

 Scattered all over the floor.



 As I understood something

 As if I didn't understand anything

 What are your conclusions?

 And then we left it in the office.



 I, again, look the same as before.

 For you

 For others

 For viewers.


 For those who understand, I,

 I'm exhausted,

 By your understanding

 Sheets of my life

 Have been altered.


 Above some bottom sheets

 So some of the ups and downs have happened.

 Those who should be together are on leave

 The ones who have to leave have been together.


 I have become many within myself

 And I look the same,


 You guessed it

 Just like the eyes instead of the mouth

 Ears in place of eyes

 When the nose is in place of the ear

 How uncomfortable is that?

 How uncomfortable does it look?


 Yes i am so,

 Waiting for someone

 Come like you

 Under the pretext of understanding

 Once over the roof shift

 Let's make it systematic again

 And make me like me.

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

love you, yes, I do

म लाल कुमार गुलाफ