love you, yes, I do



म प्रेम गर्छु अथाह गर्छु,
त के भयो ??
मैले तिमीलाई मलाई प्रेम गर भनेर??
म तिमीलाई जुन जसरी मन पराँउछु।
थाहा छ नि,
अाकाशमा जुनलाई हेर्दा,
हत्केलामा राखि चुम्ने चाहना सबैमा हुन्छ,
सम्भव छैन , थाहा हुदाहुदै नि प्रेम त हुन्छ ।
म प्रेममा, 
बिहानै घाम उदाँउदा,
रात पर्छ भन्ने सत्य बोके झै, विश्वस्त छु ।
फरक छ नि,
प्रेम, र चाहत बिनाको प्रेम,
म तिमीलाई खोला बगे जसरी प्रेम गर्छु,
एकोहोरो बगिरहेको ,
फर्केर अाउने अ सम्भावना बोकेर,
म, म भित्रको प्रेमलाई बोकेर
लम्किरहको भेललाई,
समयको साथसाथै एकोहोरो पछ्यारहेछु।
हिउँद, बर्षा, खडेरी केही भन्दैन
 मायाको भेल यो चलिरहन्छ,
तिमी छोडेर जाउ या म मरेर जाँउ,
माया अमर छ, रहन्छ, रहिरहन्छ ।
बर्षौपछि भेटिदा, 
रुप फेरिन सक्छ,
सौर्न्दर्य धमिलिन सक्छ,
अाखाँ हुन धोका खान सक्छन् चिन्नलाई,
तर मन छ नि, 
उस्तै अाश्वासन लिएर,
प्रेमको अागोमा घ्यु थपिरहेको हुन्छ,।
दिमागले कुनैदिन भुल्न सक्छ थाहा छ मलाई ,
तर यो मन, म मरिनैहालेछु भनेपछि ,
तिमी भेट्न अाउनु,
कस्सम एकपटक भएपनि धड्कने छ,
किनकि, म प्रेम गर्छु, अथाह गर्छु।







I love you so much
 So what happened
 I want you to love me ??
 I love you anyway
 You know
 Looking up at the sky,
 Everyone wants to kiss with their hands,
 It is not possible, knowingly, love happens.
 I'm in love
 When the sun rises in the morning,
 Like the truth that night falls, I am convinced.
 It's different
 Love, and love without desire,
 I love you like a river
 Echoing,
 Carrying the possibility of coming back,
 I, carrying the love within me
 To the Bhel of Lamkirah,
 Over time, that is likely to change.
 Winter, rain, drought says nothing
  The flow of love continues,
 You leave or i die
 Love is immortal, lives, lives.
 When we meet years later,
 May change,
 Beauty can fade,
 Eyes can be deceiving to recognize,
 But mind you
 With the same assurance,
 Ghee is added to the fire of love.
 I know the mind can forget one day,
 But this mind, when I say I'm dying,
 Come to see you
 Cassam will beat even once,
 Because, I love, I do immensely.

टिप्पणियाँ

एक टिप्पणी भेजें

इस ब्लॉग से लोकप्रिय पोस्ट

म लाल कुमार गुलाफ