संदेश

2020 की पोस्ट दिखाई जा रही हैं

माटो मन पराउछु, I like soil,

चित्र
 त माटोको गन्ध मन पराउछु, म त ढिंडो अनि गुन्द्रुकमा रमाउछु, पाखुरी बजाउछु, खेतबारीमा हराउछु, म त यहि देशको माटो रङ्गाउछु, यहि माटोमै हुर्केको म,यहि माटोमा रम्दै छु, विदेशिएका मगज अनि पाखुरी बोलाउदै छु, म त माटोको गन्ध मन पराउछु, म त ढिंडो अनि गुन्द्रुकमा रमाउछु, पाखुरी बजाउछु, खेतबारीमा हराउछु, म त यहि देशको माटो रङ्गाउछु, केही छैन ठुलो ईच्छा, अामाको काखमा बस्न पाउ, मरी लानु के नै छ र , अामालाई खुशी बनाउ, दुख के हो ? पीडा के हो ? अझै थाहा छैन, किनकि म अामा छोडी काहिँ अन्त गइन, म त माटोको गन्ध मन पराउछु, म त ढिंडो अनि गुन्द्रुकमा रमाउछु, पाखुरी बजाउछु, खेतबारीमा हराउछु, म त यहि देशको माटो रङ्गाउछु, गरे हुन्छ गर्नु पर्छ, यहि हुन्छ सबै  अामा छोडी गयौं भने देश रुन्छ बाबै, हात थामौ काध मिलाउ अाउ जोर लगाउ, रूदै छिन हाम्री अामा , अाउ न हँसाउ म त माटोको गन्ध मन पराउछु, म त ढिंडो अनि गुन्द्रुकमा रमाउछु, पाखुरी बजाउछु, खेतबारीमा हराउछु, म त यहि देशको माटो रङ्गाउछु, I like the smell of soil,  I rejoice in Dhindo and Gundruk,  I play the arm, I lose in the field, ...

म लाल कुमार गुलाफ

चित्र
म लाल कुमार गुलाफ म लाल कुमार गुलाफ तिम्रो  आफ्नो  तिम्ले कहिल्यै नमानेको आफ्नो  कहिँ न कहिँ तिम्ले मलाइ त देखेकै हौला  मलाइ नचिन्ने त सायदै कोहीँ होला म काँडाहरुको बिचमा बस्छु  मैले मेरो आफ्नो काडा भनेको होइन  उ त म भनेपछि मरिहत्ते गर्छ कसैले मलाइ छुन खोज्दा घोचिहाल्छ म लाल कुमार गुलाफ तिमी लाई थाहा छैन  म पहिलो पटक तिमी जन्मेको दिन  मरेको थिए तिम्रो आमालाइ बधाइ दिन तिम्रो नामा ्करणमा म फेरी मरे। तिम्रो बाबालाइ बधाइ दिन म फेरी तिम्रो ब्रतबन्धको दिन मरे तथा हरेक जन्मदिनमा मरिरहे तिमीलाइ बधाइ दिन म तिम्ले प्रेम प्रस्ताव राख्ने दिन पनि मरे तिम्रो प्रेमीकालाइ माया दिनऽ म कहिले तिम्लाइ शुभकामना दिन मरे कहिले माफी मागिदिन मरे कहिले छातीमा भाला रोपी ऽ हार बनेर मरे कहिले नाथे प्लष्टिकमा बेरिएर  निस्सासिएर मरे कहिले भगवान भन्ने ढुङ्गा माथि ठोक्किक्एर मरे कहिले तिम्रो दैलोको शोभा बनाउन  झुन्डिएर मरे कहिले शुभ साइत भन्दै कलशमा डुबेर मरे म तिम्रो, उस्को,  त्यसको  सबैको खुशीमा मर्ने गर्छु। दुखमा मर्ने गर्छु। मलाइ थाहा छ ऽ तिम्र...

love you, yes, I do

चित्र
म प्रेम गर्छु अथाह गर्छु, त के भयो ?? मैले तिमीलाई मलाई प्रेम गर भनेर?? म तिमीलाई जुन जसरी मन पराँउछु। थाहा छ नि, अाकाशमा जुनलाई हेर्दा, हत्केलामा राखि चुम्ने चाहना सबैमा हुन्छ, सम्भव छैन , थाहा हुदाहुदै नि प्रेम त हुन्छ । म प्रेममा,  बिहानै घाम उदाँउदा, रात पर्छ भन्ने सत्य बोके झै, विश्वस्त छु । फरक छ नि, प्रेम, र चाहत बिनाको प्रेम, म तिमीलाई खोला बगे जसरी प्रेम गर्छु, एकोहोरो बगिरहेको , फर्केर अाउने अ सम्भावना बोकेर, म, म भित्रको प्रेमलाई बोकेर लम्किरहको भेललाई, समयको साथसाथै एकोहोरो पछ्यारहेछु। हिउँद, बर्षा, खडेरी केही भन्दैन  मायाको भेल यो चलिरहन्छ, तिमी छोडेर जाउ या म मरेर जाँउ, माया अमर छ, रहन्छ, रहिरहन्छ । बर्षौपछि भेटिदा,  रुप फेरिन सक्छ, सौर्न्दर्य धमिलिन सक्छ, अाखाँ हुन धोका खान सक्छन् चिन्नलाई, तर मन छ नि,  उस्तै अाश्वासन लिएर, प्रेमको अागोमा घ्यु थपिरहेको हुन्छ,। दिमागले कुनैदिन भुल्न सक्छ थाहा छ मलाई , तर यो मन, म मरिनैहालेछु भनेपछि , तिमी भेट्न अाउनु, कस्सम एकपटक भएपनि धड्कने छ, किनकि, म प्रेम गर्छु, अथाह गर्छु। I love you so much  So w...

र फेरि अाराम गर्छु, and relax again

चित्र
अाराम गर्छु, थकाइ लाग्छ, र फेरि अाराम गर्छु । श्रमको अाराम अमृत हुन्छ, अारामको अाराम त बिष पो, त्यहीँ बिषले छट्पटी छुट्छ, र फेरि अाराम गर्छु । यता हेर्छु, उता हेर्छु,  सबै उस्तै लाग्छ, अाफ्नो कोठा तस्बिर जस्तैः लाग्छ । श्वास लिन्छु , श्वास फ्याक्छु । र फेरि अाराम गर्छु । कहिले मोबाइल मलाई चलाउछ, कहिले म मोबाइल चलाउछु । घरीघरी उसले मलाई चार्ज गर्छु  घरिघरि उसलाई मैले चार्ज गर्छु। र फेरि अाराम गर्छु । कतिबेला उठ्दा ठिक हुन्छ ? सोच्दासोच्दै बिहान बिताउछु। मनमा साच्चै डर भरिएको ,? कि अात्मबिश्वास बाँकी छ? उत्तर खोज्दाखोज्दै दिन बिताउछु । र फेरि अाराम गर्छु । अाफैलाई चुटकिला सुनाउन भन्छु, खित्का छोडी पनि अाफै हाँस्छु , अाफैलाई लेख्न लगाउछु,  वा वा भन्दै ताली पनि बजाउछु। र फेरि अाराम गर्छु । बेलाबेला अाफैलाई सम्झाउछु, बेलाबेला अौधी गाली गर्छु, यता फर्कन्छु, उता फर्कन्छु, र फेरि अाराम गर्छु, थकाइ लाग्छ, र फेरि अाराम गर्छु । I relax, I feel tired,  And relax again.  The comfort of labor is nectar,  The comfort of rest is poison,  That's where the p...

love love love

चित्र
मलाई पटक्कै मन छैन , फेरि छुट्नलाई। लाग्छ , यो समय यहीँनेर विश्राम गरोस, सधैभरीलाई, र म हेरिरहुँ , यसरी नै तिमीलाई । छुट्टाछुट्टै संसार भएका हामी  दोबाटोमा नजर जुध्दा, हराएर एकैछिनमा , अर्को संसारमा पुग्छौं अझै पनि, लाग्छ हात समाएर भनु, यी छुट्टिने हात,  कहिल्यै नछोड् तिमीलाई । घर छोडेर गएकी चरी सरी, अाफ्नै गुडँमा अाउने मन, जहाँ तिमी छुट्ेकी थियौ , त्यहीँ बाट फेरि सुरुवात गर्ने मन, अझै छ मनमा , । म खुशीको पछि भागे, खुशी मेरो पछि पछि, हामी एकअर्कालाई भेट्नै लाग्दा, तिमी छुटेको पत्तै भएन । मलाई पटक्कै मन छैन , फेरि छुट्नलाई। लाग्छ , यो समय यहीँनेर विश्राम गरोस, सधैभरीलाई, र म हेरिरहुँ , यसरी नै तिमीलाई । english  I don't mind at all  To escape again.  I think, this time  Rest here  Forever  And I'm watching,  That's how you are.  We are separate worlds  At the crossroads,  Lost in an instant,  Reaching the next world still,  I think holding hands,  These holiday hands,  Never leave you  Chari ...

some line.

चित्र
तिमी छौ र त जिन्दगीमा सवर छ, तिमीलाई पाउने भन्दा खुशी देख्ने रहर छ,। चाहानै चाहानको एउटा सुन्दर सहर छ सहरको मुटुमा, मुटु कै घर छ,। भन्न मन छ तिम्लाई मेरो मलाई तिम्रो भर छ  बोली फुर्दै फुर्दैन, मुटु माथि पत्थर छ । चाहना पुरानिए जरा,टुसा पलाउने ठहर छ, मुखारबाट निस्कदैन शब्द, शब्दमा नै जहर छ,। / तिमी उता म यता बिचमा पहर छ, म बढे तिमी छुट्ने तिमी बढे म,  फुल्न नपाई यो फुल यहिनेर झर्छ । Thanks for reading 😍 english translate  You are and so is life  I want to see you happier than you get.  Chahanai Chahan has a beautiful city  In the heart of the city, the heart is home.  I want to tell you that I depend on you  Speech does not move, the heart is stoned.  Desire is an old root, sprouting, the word does not come out of the mouth, the word itself is poison.  /  You're in the middle of nowhere, I'm getting more and more you're missing, you're getting more and more,  This flower falls here without blooming.

पुरानो माया😂,, old memory

चित्र
खाली छु, के सुनाउछ्यौ, बाले उहिल्यै वालबिवाह गरिदिए । कान्छी हुन अाउछ्यौ ?? अाउ, भो म नाई भन्दिन । मलाई प्रतिक्षा गर्न अाएन, तिम्रो मनमा बेलैमा माया पलाएन। कपाल सेताम्मे फुलेछ, कालो मेहन्दी लिएर अाउछ्यौ? अाउ, भो म नाई भन्दिन । अा-अाफ्नो  संसार छ तिम्रो मेरो , भयो छोडिदिए तिम्रो लागि भने भने, खोक्रो तन, भोको मन लिएर अाउछ्यौ? अाउ, भो म नाई भन्दिन । हो मायाको कुनै समय हुदैन , छोरो छिट्टै बेहुला बन्दैछ । सम्धिनी मेलो गर्न अाउछ्यौ?? अाउ, भो म नाई भन्दिन । खै के रमिता हो भन्नान देख्नेहरु, कस्लाई हेर्ने फुर्सद छ र भनी, विद्राभत्ता सगै लिएर अाउछ्यौ? अाउ, भो म नाई भन्दिन । शरीर त सकिएला, जवानीले गर्दा,  तर मन अझै जवान छ , तरल प्रेम लिएर अाउछ्यौ ? अाउ, भो म नाई भन्दिन । english translate : I'm empty, what are you talking about,  Baal immediately got married.  Are you coming to be younger ??  Come on, I don't call you a barber.  I can't wait  Love did not grow in your heart in time.  The hair is white,  Are you bringing black mehndi?  C...

सम्पुर्ण अामाहरुप्रति नमन😍, Mother

चित्र
अामाको बारेमा के लेखुँ म ?? लेखेर मेरो प्यास कहाँ मेटिन्छ र ?? मैले तोते बोल्न सिकेको पहिलो शब्द `अामा´ मैले जति गुनगान गरेपनि नसकिने मेरी अामा मायाको अथाह सागर मेरी अामा जहाँ सबैलाई पुग्ने माया छ। अरुको पिडालाई अाफ्नै देख्ने मेरी अामा, जो सगँ संसारका सबैका लागि स्नेह छ । मेरी अामा अचम्मकि हुनुहुन्छ मेरी अामा मलाई उठाउन सबैर उठ्नुहुन्छ, अध्यारोमै घाम लाग्यो भन्नुहुन्छ, घास,दाउरा गरेको ज्यान हो भन्नुहुन्छ थोरै हिडेपछि स्याँ स्याँ गर्नुहुन्छ तर तलाई गाह्रो भयो कि भनेर सोध्नुहुन्छ? मेरी अामा अचम्मकि हुनुहुन्छ कसैले खान दिएको पटुकामा राखेर ल्याउनुहुन्छ मैले केही ल्याईदिदा तैले नखाई किन ल्याएको भन्नुहुन्छ अामा बिरामी हुदाँ फोन गरेर कस्तो छ भन्छु। उल्टै तलाई कस्तो छ, ख्याल राख है भन्नू हुन्छ। मेरी अामा अचम्मकी हुनुहुन्छ । उहाँको चप्पल प्वाल परिसक्दा नि नयाँ छ अझै भन्नुहुन्छ । मेरो जुत्ता फोहोर हुदाँ, नयाँ किन यो पुरानो भो भन्नुहुन्छ अाफुले बर्षौसम्म एउटै धोती लगाउनुहुन्छ, मेरो पाईन्ट महिनामै कति झुत्रो हो भन्नुहुन्छ । मेरी अामा अचम्मकि हुनुहुन्...

म, me

चित्र
कुनै दफ्तरमा सँजाइएको रेत थिए म, तिमी अायौँ हतार हतार  बुझ्ने बहानामा  सरसर्ति पाना पल्टाउँदै भुईभरी छरपस्ट पारिदियौ। केही बुझे जसरी  केही नबुझे जसरी  खै के निष्कर्ष निकाल्यौ? र फेरि त्यहीँ दफ्तरमै छोडिदियौँ। म, फेरि पहिले जसरी नै देखिए,, तिम्रो लागि  अरुका लागि  देख्ने हरुका लागि । बुझ्ने हरुका लागि त म, निस्सासिएको छु, तिम्रो बुझाईले मेरा जिन्दगीका पानाहरु फेरबदल भएका छन,। केही तलका पानाहरु माथि त केही माथिका तल भएका छन। सगैँ हुनुपर्नेहरु छुट्टिएका छन छुट्टिनुपर्ने हरु सगैँ भएका छन। म अाफै भित्र अनेक भएको छु र पनि एक नै देखिन्छु, तिमी अनुमान गर त जसरी मुखको ठाउँमा अाखाँ अाखाँको ठाउँमा कान कानको ठाउँमा नाक हुदा  कति असहज हुन्छ होला? कति असहज देखिन्छ होला? हो म त्यसैले, कसैको प्रतीक्षा गरिरहेछु। तिमी जस्तै अाएर बुझ्ने बहानामा  एकपल्ट छताछुल्ल पारी फेरि व्यवस्थित बनाईदियोस् र मलाई म जस्तै बनाईदिय‍ोस्। english  translate :::   ...

😍😍याद, memory

चित्र
याद त ताजै छ नि है? तिम्रो पर्खाइमा , हातमा भएको  घडिका काटाँ कति विस्तारै चल्दथे । र फेरि तिमी साथमा हुदाँ तिनै काटाँहरु एकतमास दौडन्थे । मलाई अझै याद छ तिमी  गुलावी लाली अनि हलुका पाउडर दली, त्यो मन्ध मन्ध सुगन्ध छर्दै भेट्न अाउदा, म एकटक तिमीलाई हेरिरहन्थे, तिमीले कस्लाई कुरेको भन्दा झथस्किन्थे । म तिमीमा हराउने गर्थे , अाज पनि तिम्रा याद अाउदा, दिन छिनमै बित्छ , तिमीलाई कल्पिएर, तर म यति डराउछु, तिम्रो यादहरु सगँ तिम्रो सुन्दरता सगँ , भेनेष्ट्राेफोबिया भएछ क्यारे,। फेरि सुन्दरताले छल्छ भनेर? english translate :   Do you remember?  Waiting for you  How slowly the clock was ticking.  And the same when you are with me again  The thorns ran for a month.  I still remember you  Pink redness and light powder,  Scattering that faint fragrance  Come to visit  I was staring at you,  Who were you waiting for?  I used to get lost in you  E...

साईन्स वाला , science wala

किन किन किन?? हजारौं प्रश्नहरु म माथि उनुत्तरित हुनका लागि मात्र अाउछन । थाहा छ म उत्तर दिने सामथ्र्य राख्दिन  त्यै पनि घरीघरी सताईरहन्छन । जस्तो कि,  किन पृथ्वीको गुरुत्व प्रवेग ९.८ हुनुपर्ने  कहिलेकाही म हतारमा बाटोमा लडदा शून्य भईदिए नि हुने? किन ध्वनिको गति हावामा ३३२ हुनुपर्ने ? मैले तिमीलाई बोलाउदा अलि छिटो भईदिए नि हुने  कहिलेकाही मैले अपशब्द बोल्दा बिस्तारो भईदिए नि हुने  किन किन किन?? हजारौं प्रश्नहरु म माथि उनुत्तरित हुनका लागि मात्र अाउछन । थाहा छ म उत्तर दिने सामथ्र्य राख्दिन  त्यै पनि घरीघरी सताईरहन्छन । जस्तो कि पृथ्वीलाई एक फन्को मार्न २३ घण्टा ५६ मिनेट नै लाग्नुपर्ने ? म खुशी भएको दिन बिस्तारै घुम्दिए पनि त हुने अथवा म पिडामा भएको दिन छिटोछिटो हिड्दिए पनि त हुने। किन किन किन?? जस्तो कि १ किलोमिटर बन्न १००० मिटर नै किन हुनुपर्ने ?? म तिमीलाई अाउदा दुरी छोट्टिए पनि त हुने हामी साथसाथै हुदा बाटो  लम्बिए पनि त हुने किन किन किन?? हजारौं प्रश्नहरु म माथि उनुत्तरित हुनका लागि मात...

केही हरफहरु. , some line

१.अरे मान्छेहरु बाटो छेउमा भएका बेकसुर ढुङ्गा लाई त लात मार्दै हिड्छन फेरि तिमी त मान्छे !! २.अाकाश त म जस्तै छस या म त जस्तै? बादलले घेरिएको न बर्षन सक्छ न त खुल्न नै ३.अ! साच्चै अामा! बहिराहरु  संगीत मन्चमा जज बस्दा रेचन शहराँ😊 ४.जब हास्न खोज्छु दुनियाँ रोईरहेको हुन्छ सगसगै रुवाईदिन्छ जब रुन खोज्छु दुनियाँ हासिरहेको हुन्छ सगसगै हसाईदिन्छ के यो मेरो अाफ्नै जिन्दगी हो? ५.तिमी बिना बाच्न सक्दैन भनेर झुट‍ बोल्दिन तर तिमी सँग जीवन अझ धेरै रमाइलो हुने थियो य‍ो चाहिँ सत्य ह‍ो #मेरो डाईरीबाट english translate : 1. Hey people  On the side of the road  Innocent  The stone then  They walk kicking  Then you  Man !!  2. The sky  So you are like me  Or like me?  Surrounded by clouds  It may not rain  Neither to open  3.a!  Really mom!  Deaf people sit in the music stage as a judge  4. When I try to laugh  The world is crying  Ever...

माया गर्न मन लाग्छ 💏, love to love

चित्र
मेरा बेसार जस्ता पहेँला निकोटिनले भरिएका अौलाहरुले, सागरजस्तो गहिरो गिलासमा भरिएको तिम्रो माया एकैसासमा पिईदिन मन लाग्छ । नशाले मन्द यी लोचनहरुमा बसेकाे तिम्रो सुन्दर तस्बिर , मनमा यादले खलबलाहट ल्याउदा, निकालेर निहार्दै टोलाउन मन लाग्छ । हिमालको लहर झै मिलेर बसेका तिम्रा दन्त लहरबाट निस्केका सुमधुर अावाज कल्पि अाफै सगँ कुरा गर्न मन लाग्छ। कस्तुरीको पिना सरी तिमी नजिकिदाँ अाउने सुगन्ध स्मरण गरि घरिघरि अाफैलाई अंगाल्न मन लाग्छ । अाधा भरिएको भाडाँमा छल्किएर रहेको पानी सरी म अनि मेरो मायामा, तिमी सगै डुब्न मन लाग्छ। मनमा मनकै कुरा खेलाएर अाफै सगँ ठट्टा गर्दै बगौचाको फुल जस्ती तिमीलाई प्रेमले हत्केलामा फुलाउन मन लाग्छ ।। english translate :   Yellow like my turmeric  Nicotine-filled ointments,  In a glass as deep as the ocean  Full of your love  I like to drink at once.  Intoxication slows down in these locations  A beautiful picture of you sitting,  When the memory brings turmoil to the mind,  I ...

फरक यतिमात्र हो, difference is only

चित्र
 तिमी आगनमा थियौ म पनि आगनमै थिए । फरक यति मात्र हो तिमी बसाइएकी थियौ म सुताइएको थिए बाँकी भिड त यहाँ पनि थियो त्यहाँ पनि ॥ फरक यति मात्र हो तिम्रो घर बस्यो मेरो उजाडियो माला त तिम्रो गलामा पनि थियो मेरो मा पनि । फरक यति मात्र हो त्यहाँ हर्ष मनाइयो यहाँ दुख बाँकी आँशु त यहाँ पनि     झरे त्यहाँ पनि ॥ फरक यति मात्र हो तिमी घुम्टोमा सजियौ म कफनमा निधारमा टिका त तिम्रो पनि थियो मेरो पनि । फरक यति मात्र हो तिम्रोमा संगीत सुनिन्थ्यो मेरोमा चिच्याहट बाँकी लावालस्कर त यहाँ पनि थियो त्यहाँ पनि ॥ फरक यति मात्र हो तिमी डोलीमा चढ्यौ चितामा चढाइए बाँकी घर त तिमीले पनि छौड्यौ मैलेपनि । फरक यति मात्र हो तिमी घरमै रह्यौ म बेघरिए बाँकी यात्रा त तिम्ले पनि गर्यौ मैले पनि॥ फरक यति मात्र हो तिमीलाइ बधाइ दिइन्थ्यौ मलाइ समवेदना बाँकी आफन्त त तिम्रा नि भावविभोर थिए मेरा पनि । फरक यति मात्र हो तिम्रो जीवन सुरू भयो मेरो सकियो बाँकी मृत्यु त मेरो पनि भयो तिम्रो पनि ॥ english translate  ::  ...

वर्तमान, present

चित्र
निदाउदा पनि खुट्टा हल्लाई राख्नुपर्ने कस्तो अचम्म लास सम्झि कुल्चिदिहाल्छन, खै, अाखा त बन्दै गर्न नहुने , निमेषमै परिवेश परिवर्तन भईदिहाल्छन, मैले बुझेको नाक काटिए पनि शिर उचो बनाईराख्नुपर्छ तुना बाध्नै झुकेपनि, गर्दन काटिदिहाल्छन पिजडा भित्रकै चरि स्वतन्त्र मान्छु म जब बाहिर निस्कनासाथै पखेटा चुडिदिहाल्छन म चोखो त सोच्दै नसोच तिमी छेउकै प्रियतमले नि छुरा रोपिदिहाल्छन बिहान साझ रात ,जमाना उस्तै छ मान्छे हुन मौसमजस्तो बदलदिहाल्छन सत्यताको कुरै नगर लाशलाई छुट छ होला बरु जिउँदो छु भन्दाभन्दै झुटो भनी जलाईदिहाल्छन, न रुन दिन्छ,न हास्न दिन्छ मेरो अभिमान, त्यसैमाथि यलाई केही अाउदैन भन्दै गिज्याईदिहाल्छन गलत हो उ जो भन्छ, दुख बाडे घट्छ यहाँ सुन्नेहरु सुन्दासुन्दै मुस्कुराईदिहाल्छन चोट छ भने मुटुभित्रै लुकाएर राख, बाहिर त जिवाणुहरुले घाउ बनाईदिहाल्छन english translate ::   Keep your feet moving even when sleeping  What a wonderful corpse to be trampled underfoot,  Well, the eyes should not be closed,  The environme...

घमण्ड, arrogance

चित्र
            घमण्ड घमण्ड गरु त के को गरु के पो छ र मसगँ रुप छ ,, मन छ सबैथोक छ त के पाे गरु ति सँग नशालु आँखा धमिलो हुनेछन दुखमा ति नी बेसमारी रुनेछन बलिया पाँऊ थरथर काप्नेछन दुई पाइला हिडदा फेरी थाक्नेछन घमण्ड गरु त के को गरु के पो छ र मसगँ रुप छ ,, मन छ सबैथोक छ त के पाे गरु ति सँग चिल्ला गाला फुर्सा हुनेछन चाउरिएर कठै हातले छुनेछन लोभ लाग्दो शरिर आराम खोज्नेछ मनले भने  रहरै रोज्नेछ घमण्ड गरु त के को गरु के पो छ र मसगँ रुप छ ,, मन छ सबैथोक छ त के पाे गरु ति सँग साहसी हात कमजोर बन्लान गीलास उठाउन सक्दैन भन्लान दुई पाउ हिड्दा थचक्क बसुला आफैलाई हिस्सी गर्दै कठै भनुलाँ घमण्ड गरु त के को गरु के पो छ र मसगँ रुप छ ,, मन छ सबैथोक छ त के पाे गरु ति सँग english translate ::   Arrogance  Who should be proud?  What's up with me?  There is form, there is mind, there is everything  So what do you get with them?  Intoxicated eyes will be dim  They...

This one is my first post on heart

मन अबोध हुनुमा पनि त केहि गुमनामीयत होला नि, त्यो अबोध भित्रको बदनियत पनि मैले धेरै देखेको छु तसर्थ मलाई लाग्न सक्थौ जब म कोही अबोधलाई देख्थे कति प्रतिशत यसको सत्यता हो र कति प्रतिशत यो नाटक गरिरहेको छ । एक विहान जब म घरबाट निस्किए मलाई लाग्यो, मैले केहि गल्ति त अबश्य गरेकै हुनुपर्छ होईन भने मेरा यि पाइला हरु यतिकै डगमगाउने नै थिएनन । सम्झिए अघिल्लो रातलाई बेसमारी तर मेरो दिमागमा म बाहेक केही आएन , म अर्थात ऊ । ऊ जो मलाई म हुनुको औचित्य सम्झाउथि, र उसलाई उ हुनुको, यदि म कसैलाई आफ्नो ठान्थे भने ऊ नै थिई । अहो । जब कसैले कसैलाई आफ्नो सम्पुर्ण ठान्छ र उसले केहि ठान्दैन, त्यो भन्दा बढि पिडा जिन्दगीमा के हुन सक्छ र ? मैले त्यहि सम्झिए, हरेक कुराहरु मेरो मानसपटलमा कुनै फिल्म जस्तो मेरो मष्तिस्कको पर्दामा चलिरहेको थियो । म सगँ रुनको लागि प्रशस्तै कारणहरु थिए तर आशु बिनाका रुवाइ हरु म रुन चाहदिन थिए । आखिर रुनु पनि किन नै पर्यो र मलाई कस्ले पो सुनिदिन हो र कस्ले पो कठै भन्ने हो र ? जब कठै भन्नेहरु नै टाढिएर गए , अन्र्तवेदना कस्को अगाडि पोख्नु मैले ? मलाई अझै याद छ , जब म पहिलो पटक भेट्द...