सुर्तिजन्य पदार्थ अवैध किन भएन ?
सुर्तिजन्य पदार्थ अवैध किन भएन सुर्तिको उत्पादन युरोपियनहरुले सन् १४९२ तिर गरेको भनेर कोलम्बसले उनको डायरीमा सन् १४९२ अक्टोबर १५ मा उल्लेख गरेको तथ्य पाइन्छ । त्यसपछि मानिसहरुले सुर्तिलाई पाइप र शिगार द्धारा प्रयोग गर्दै आएको देखिन्छ । इतिहासका केहि लडाई तथा युद्धहरुमा सुर्तिलाई घाँउहरुको संक्रमण रोक्न प्रयोग गरेको पाइन्छ भने यसको प्रयोग दाँतको दुखाई कम गर्नका लागि पनि गरेको देखिन्छ तर यसको प्रायोजन जे जस्तो भएपनि यो नितान्त नशा हो जस्तो कि हिरोइन र कोकिनको हुन्छ केहिक्षण शरिरका अङ्गहरु लट्ठ गराउने भएकाले दुखाई कम गर्ने भनी प्रयोग गरिएतापनि यसको प्रयोगले स्वास्थ्यमा कुनै लाभ छ भनि प्रमाणित भएको भने छैन । अब सिगरेटको कुरा गरौ, १९ औ शताब्तीतिर अमेरिकामा चुरोटको आबिष्कार भएपछि यसको प्रयोग बढ्दै गइरहेको छ । जोडन गुडमेनको पुस्तक “सुर्तिको इतिहास” अनुसार जेम्न बुकानन ड्युक चुरोटको आविष्कारको लागी जिम्मेबार मानिन्छन जसले २४ बर्षको उमेरमा सन् १८८० मा चुरोटको बनाउन थालेका थिए । “ड्युक अफ डुरह्म” नाम बाट सुरु भएको चुरोट उत्पादन दैनिक २०० जति हुन्थ्यो पछि ...