साईन्स वाला , science wala

किन किन किन??
हजारौं प्रश्नहरु म माथि
उनुत्तरित हुनका लागि मात्र अाउछन ।
थाहा छ म उत्तर दिने सामथ्र्य राख्दिन 
त्यै पनि घरीघरी सताईरहन्छन ।

जस्तो कि, 
किन पृथ्वीको गुरुत्व प्रवेग ९.८ हुनुपर्ने 
कहिलेकाही म हतारमा बाटोमा लडदा
शून्य भईदिए नि हुने?
किन ध्वनिको गति हावामा ३३२ हुनुपर्ने ?
मैले तिमीलाई बोलाउदा अलि छिटो भईदिए नि हुने 
कहिलेकाही मैले अपशब्द बोल्दा बिस्तारो भईदिए नि हुने 

किन किन किन??
हजारौं प्रश्नहरु म माथि
उनुत्तरित हुनका लागि मात्र अाउछन ।
थाहा छ म उत्तर दिने सामथ्र्य राख्दिन 
त्यै पनि घरीघरी सताईरहन्छन ।

जस्तो कि पृथ्वीलाई एक फन्को मार्न २३ घण्टा ५६ मिनेट नै लाग्नुपर्ने ?
म खुशी भएको दिन बिस्तारै घुम्दिए पनि त हुने
अथवा म पिडामा भएको दिन छिटोछिटो हिड्दिए पनि त हुने।

किन किन किन??

जस्तो कि १ किलोमिटर बन्न १००० मिटर नै किन हुनुपर्ने ??
म तिमीलाई अाउदा दुरी छोट्टिए पनि त हुने
हामी साथसाथै हुदा बाटो  लम्बिए पनि त हुने

किन किन किन??
हजारौं प्रश्नहरु म माथि
उनुत्तरित हुनका लागि मात्र अाउछन ।
थाहा छ म उत्तर दिने सामथ्र्य राख्दिन 
त्यै पनि घरीघरी सताईरहन्छन ।

जस्तो कि महिना पुग्न किन ३० दिन नै हुनुपर्ने ??
तिम्रो पर्खाईको महिना छिटो सकिए पनि त हुने ।
हाम्रो मिलनको मास सधैं रहिरहे पनि त हुने ।

किन किन किन??
हजारौं प्रश्नहरु म माथि
उनुत्तरित हुनका लागि मात्र अाउछन ।
थाहा छ म उत्तर दिने सामथ्र्य राख्दिन 
त्यै पनि घरीघरी सताईरहन्छन ।
😋

english translate ::

Why why why ??

 Thousands of questions above me

 They only come to be unanswered.

 I know I can't answer

 They are still persecuted.


 E.g.,

 Why should the Earth's gravitational acceleration be 9.8?

 Sometimes I fight on the road in a hurry

 What if it becomes zero?

 Why should the speed of sound in the air be 332?

 If I had called you, it would have happened a little sooner

 Sometimes when I say abusive words, I fall asleep


 Why why why ??

 Thousands of questions above me

 They only come to be unanswered.

 I know I can't answer

 They are still persecuted.


 For example, it would take 23 hours and 56 minutes to complete one revolution on Earth?

 Even if I walk around slowly on a happy day, it will happen

 Or even if I walk fast on the day when I am in pain.


 Why why why ??


 For example, why should it be 1000 meters to become 1 kilometer ??

 Even if I shorten the distance when I come to you

 If we were together, the road would be long


 Why why why ??

 Thousands of questions above me

 They only come to be unanswered.

 I know I can't answer

 They are still persecuted.


 Like why should it take 30 days to reach the month ??

 Even if your waiting month is over soon.

 The mass of our reunion will always be there.


 Why why why ??

 Thousands of questions above me

 They only come to be unanswered.

 I know I can't answer

 They are still persecuted.

 😋

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

love you, yes, I do

म लाल कुमार गुलाफ