माया गर्न मन लाग्छ 💏, love to love

मेरा बेसार जस्ता पहेँला
निकोटिनले भरिएका अौलाहरुले,
सागरजस्तो गहिरो गिलासमा
भरिएको तिम्रो माया
एकैसासमा पिईदिन मन लाग्छ ।
नशाले मन्द यी लोचनहरुमा
बसेकाे तिम्रो सुन्दर तस्बिर ,
मनमा यादले खलबलाहट ल्याउदा,
निकालेर निहार्दै टोलाउन मन लाग्छ ।

हिमालको लहर झै मिलेर बसेका
तिम्रा दन्त लहरबाट निस्केका
सुमधुर अावाज कल्पि
अाफै सगँ कुरा गर्न मन लाग्छ।
कस्तुरीको पिना सरी
तिमी नजिकिदाँ अाउने सुगन्ध
स्मरण गरि घरिघरि
अाफैलाई अंगाल्न मन लाग्छ ।

अाधा भरिएको भाडाँमा
छल्किएर रहेको पानी सरी
म अनि मेरो मायामा,
तिमी सगै डुब्न मन लाग्छ।
मनमा मनकै कुरा खेलाएर
अाफै सगँ ठट्टा गर्दै
बगौचाको फुल जस्ती तिमीलाई
प्रेमले हत्केलामा फुलाउन मन लाग्छ ।।

english translate :


 Yellow like my turmeric

 Nicotine-filled ointments,

 In a glass as deep as the ocean

 Full of your love

 I like to drink at once.

 Intoxication slows down in these locations

 A beautiful picture of you sitting,

 When the memory brings turmoil to the mind,

 I like to take it out and look at it.


 Sitting together like a wave of mountains

 Your teeth came out of the wave

 Imagine a sweet voice

 I like to talk to myself.

 Like drinking musk

 The scent that comes near you

 Remembering over and over again

 I like to embrace myself.


 Half full rent

 Like overflowing water

 Me and my love

 You all want to drown

 By playing with your heart

 Joking with myself

 You are like a flower in the garden

 I like to inflate love in my hands.

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

love you, yes, I do

म लाल कुमार गुलाफ