संदेश

कति भनु र खै

 कति भनु र खै? कति भनु र खै कहाँबाट सुरु गरौ? पत्रपत्र पैतलाका पातलिएर पल्टाउदै पहरहरु, खाली खुट्टा मैले , रहर चराएको कुरा, कति भनु र खै मैलिएर मौजाएका   सपनाका मुजाहरुलाई   आफ्नै रगतको तरलताले, भिजाएको कुरा,  एउटा रहरलाई  फेरि  अर्को  रहरले रिझाएको कुरा, कति भनु र खै ? आखै अगाडी आफैलाई, रमिते बनाएर, आफ्नै दुखेको गाथा अाफैलाई सुनाएर  आफुसँग वर्षौ पोखिएको कुरा आफैसग अनन्त बगेको कुरा  कति भनु र खै ? त्यो वर्षात भन्दा  'बेसी झरेको कुरा त्यो भेल भन्दा  बेसी  उर्लैको कुरा त्यो छागाँ भन्दा माथिबाट  खसेको कुरा त्यो शिसाभन्दा बढ़ी   टुक्रीएको कुरा  कति भनु र खै. यो यात्रा सहजै गरौला  भन्दा भन्दा जिन्दगी छोट्टिएको, गन्तव्य पुग्दै गर्दा यात्रा सकिदै गर्दा  आफ्नाहरु छुटेको  आफैलाई सम्हाल्दा सम्हाल्दै आफै टुटेको कुरा  कति भनु र खै भयो, यो त केही होइन,  अझै बाँकी छन अझै ठुला छन अझै कहालीलाग्दा छन अझै भयङकर छन, अझै दयनिय झन ती सर्षघका कुरा, यी जिन्दगीका कुरा यि मेरी आमाका कुरा यि मेरो जिउ...

कतै तिमी हरायौ कि ?

चित्र
कतै तिमी हरायौ कि ?   मेरा उचाइबाट झरेर टुक्रिएका सपनाहरु, एकनास सम्हाल्दा सम्हाल्दै , तिम्ले आफ्ना सपनाका बिस्कुनहरु, कतै छरपस्ट पार्यौ कि ? मेरा रहरका शहरका गल्लीहरुमा, म सगैं बिरालिदै गर्दा, आफ्ना टुसाउनै लागेका  रहरहरुको, कतै घाटी पो निमोठ्यौ कि ? इच्छाहरु झरिरहे झरी सगै्, रहरहरु मरिरहे समयसगै, अनेकौ प्रयासले नसप्रेका रहर देखि, कतै तिम्ले प्रयास गर्नै छौड्यौ कि ? मेरो गन्तव्यमा पाइला मिसाउदै रमाउदा, आफ्नो र आफना छोडेर आएकी तिमी,  दोबाटो पुगेको बटुवा जस्तै, अलमलिएर कतै गन्तव्य नै भुल्यौ कि ? सुन्दा, सुनाउदा ,भन्दा, गर्दा मेरै कथाहरु, मेरै अघिल्तिर एक्लिएर तिमी, डुबुल्किले डुबुल्की मारे जस्तै, कतै तिमी आफैमा हरायौ की ? म त व्यस्त, अस्त व्यस्त, भैहाले आफ्नै बाटोमा, तिमी सुस्त, चुस्त रहदा, आफु पो आफु रहिनौ की ?
चित्र
हजल 💗💗 Plot :- you will get it. म बाटो भुलेको बटुवा के दिन्छौं र मझेरीमा वास ? तिमी छौ रे रित्तो रित्तो के राखौ त मायाको आश? म रङ्ग उडेको गुलाफ हु तिमी ओईलाएकी कलि के दिउ त मिलि सुवास ? म बाटो ... म किनार घटेको नदि तिमी बर्षौ नबर्षेकी बर्षात के हुन्छौ त हामी समास ? म बाटो ... म अगाडि रङ्गमञ्चमा उभेछु तिमी पर्दा पछि छौ छुपुवा के राख्छौ त निस्कने साहस म बाटो ... तिमी उत्तरी ध्रवकि चिस्यान म मरुभूमिको सुख्खा बालुवा के रचौ त मिलि ईतिहास ? म बाटो भुलेको बटुवा के दिन्छौं र मझेरीमा वास ? तिमी छौ रे रित्तो रित्तो के राखौ त मायाको आश?

सुर्तिजन्य पदार्थ अवैध किन भएन ?

चित्र
सुर्तिजन्य पदार्थ अवैध किन भएन  सुर्तिको उत्पादन युरोपियनहरुले सन् १४९२ तिर गरेको भनेर कोलम्बसले उनको डायरीमा सन् १४९२ अक्टोबर १५ मा उल्लेख गरेको तथ्य पाइन्छ । त्यसपछि मानिसहरुले सुर्तिलाई पाइप र  शिगार द्धारा प्रयोग गर्दै आएको देखिन्छ । इतिहासका केहि लडाई तथा युद्धहरुमा   सुर्तिलाई  घाँउहरुको संक्रमण रोक्न प्रयोग गरेको पाइन्छ भने यसको प्रयोग दाँतको  दुखाई कम गर्नका लागि पनि गरेको देखिन्छ तर यसको प्रायोजन जे जस्तो भएपनि यो नितान्त नशा हो जस्तो कि हिरोइन र कोकिनको हुन्छ केहिक्षण शरिरका अङ्गहरु लट्ठ गराउने भएकाले दुखाई कम गर्ने भनी प्रयोग गरिएतापनि यसको प्रयोगले स्वास्थ्यमा कुनै लाभ छ भनि प्रमाणित भएको भने छैन ।  अब सिगरेटको कुरा गरौ, १९ औ शताब्तीतिर अमेरिकामा चुरोटको आबिष्कार भएपछि यसको प्रयोग बढ्दै गइरहेको छ । जोडन गुडमेनको पुस्तक “सुर्तिको इतिहास” अनुसार जेम्न बुकानन ड्युक चुरोटको आविष्कारको लागी जिम्मेबार मानिन्छन जसले २४ बर्षको उमेरमा सन् १८८० मा चुरोटको बनाउन थालेका थिए । “ड्युक अफ डुरह्म” नाम बाट सुरु भएको चुरोट उत्पादन दैनिक २०० जति हुन्थ्यो पछि ...

माटो मन पराउछु, I like soil,

चित्र
 त माटोको गन्ध मन पराउछु, म त ढिंडो अनि गुन्द्रुकमा रमाउछु, पाखुरी बजाउछु, खेतबारीमा हराउछु, म त यहि देशको माटो रङ्गाउछु, यहि माटोमै हुर्केको म,यहि माटोमा रम्दै छु, विदेशिएका मगज अनि पाखुरी बोलाउदै छु, म त माटोको गन्ध मन पराउछु, म त ढिंडो अनि गुन्द्रुकमा रमाउछु, पाखुरी बजाउछु, खेतबारीमा हराउछु, म त यहि देशको माटो रङ्गाउछु, केही छैन ठुलो ईच्छा, अामाको काखमा बस्न पाउ, मरी लानु के नै छ र , अामालाई खुशी बनाउ, दुख के हो ? पीडा के हो ? अझै थाहा छैन, किनकि म अामा छोडी काहिँ अन्त गइन, म त माटोको गन्ध मन पराउछु, म त ढिंडो अनि गुन्द्रुकमा रमाउछु, पाखुरी बजाउछु, खेतबारीमा हराउछु, म त यहि देशको माटो रङ्गाउछु, गरे हुन्छ गर्नु पर्छ, यहि हुन्छ सबै  अामा छोडी गयौं भने देश रुन्छ बाबै, हात थामौ काध मिलाउ अाउ जोर लगाउ, रूदै छिन हाम्री अामा , अाउ न हँसाउ म त माटोको गन्ध मन पराउछु, म त ढिंडो अनि गुन्द्रुकमा रमाउछु, पाखुरी बजाउछु, खेतबारीमा हराउछु, म त यहि देशको माटो रङ्गाउछु, I like the smell of soil,  I rejoice in Dhindo and Gundruk,  I play the arm, I lose in the field, ...

म लाल कुमार गुलाफ

चित्र
म लाल कुमार गुलाफ म लाल कुमार गुलाफ तिम्रो  आफ्नो  तिम्ले कहिल्यै नमानेको आफ्नो  कहिँ न कहिँ तिम्ले मलाइ त देखेकै हौला  मलाइ नचिन्ने त सायदै कोहीँ होला म काँडाहरुको बिचमा बस्छु  मैले मेरो आफ्नो काडा भनेको होइन  उ त म भनेपछि मरिहत्ते गर्छ कसैले मलाइ छुन खोज्दा घोचिहाल्छ म लाल कुमार गुलाफ तिमी लाई थाहा छैन  म पहिलो पटक तिमी जन्मेको दिन  मरेको थिए तिम्रो आमालाइ बधाइ दिन तिम्रो नामा ्करणमा म फेरी मरे। तिम्रो बाबालाइ बधाइ दिन म फेरी तिम्रो ब्रतबन्धको दिन मरे तथा हरेक जन्मदिनमा मरिरहे तिमीलाइ बधाइ दिन म तिम्ले प्रेम प्रस्ताव राख्ने दिन पनि मरे तिम्रो प्रेमीकालाइ माया दिनऽ म कहिले तिम्लाइ शुभकामना दिन मरे कहिले माफी मागिदिन मरे कहिले छातीमा भाला रोपी ऽ हार बनेर मरे कहिले नाथे प्लष्टिकमा बेरिएर  निस्सासिएर मरे कहिले भगवान भन्ने ढुङ्गा माथि ठोक्किक्एर मरे कहिले तिम्रो दैलोको शोभा बनाउन  झुन्डिएर मरे कहिले शुभ साइत भन्दै कलशमा डुबेर मरे म तिम्रो, उस्को,  त्यसको  सबैको खुशीमा मर्ने गर्छु। दुखमा मर्ने गर्छु। मलाइ थाहा छ ऽ तिम्र...

love you, yes, I do

चित्र
म प्रेम गर्छु अथाह गर्छु, त के भयो ?? मैले तिमीलाई मलाई प्रेम गर भनेर?? म तिमीलाई जुन जसरी मन पराँउछु। थाहा छ नि, अाकाशमा जुनलाई हेर्दा, हत्केलामा राखि चुम्ने चाहना सबैमा हुन्छ, सम्भव छैन , थाहा हुदाहुदै नि प्रेम त हुन्छ । म प्रेममा,  बिहानै घाम उदाँउदा, रात पर्छ भन्ने सत्य बोके झै, विश्वस्त छु । फरक छ नि, प्रेम, र चाहत बिनाको प्रेम, म तिमीलाई खोला बगे जसरी प्रेम गर्छु, एकोहोरो बगिरहेको , फर्केर अाउने अ सम्भावना बोकेर, म, म भित्रको प्रेमलाई बोकेर लम्किरहको भेललाई, समयको साथसाथै एकोहोरो पछ्यारहेछु। हिउँद, बर्षा, खडेरी केही भन्दैन  मायाको भेल यो चलिरहन्छ, तिमी छोडेर जाउ या म मरेर जाँउ, माया अमर छ, रहन्छ, रहिरहन्छ । बर्षौपछि भेटिदा,  रुप फेरिन सक्छ, सौर्न्दर्य धमिलिन सक्छ, अाखाँ हुन धोका खान सक्छन् चिन्नलाई, तर मन छ नि,  उस्तै अाश्वासन लिएर, प्रेमको अागोमा घ्यु थपिरहेको हुन्छ,। दिमागले कुनैदिन भुल्न सक्छ थाहा छ मलाई , तर यो मन, म मरिनैहालेछु भनेपछि , तिमी भेट्न अाउनु, कस्सम एकपटक भएपनि धड्कने छ, किनकि, म प्रेम गर्छु, अथाह गर्छु। I love you so much  So w...