कतै तिमी हरायौ कि ?
मेरा उचाइबाट झरेर टुक्रिएका सपनाहरु,
एकनास सम्हाल्दा सम्हाल्दै ,
तिम्ले आफ्ना सपनाका बिस्कुनहरु,
कतै छरपस्ट पार्यौ कि ?
मेरा रहरका शहरका गल्लीहरुमा,
म सगैं बिरालिदै गर्दा,
आफ्ना टुसाउनै लागेका रहरहरुको,
कतै घाटी पो निमोठ्यौ कि ?
इच्छाहरु झरिरहे झरी सगै्,
रहरहरु मरिरहे समयसगै,
अनेकौ प्रयासले नसप्रेका रहर देखि,
कतै तिम्ले प्रयास गर्नै छौड्यौ कि ?
मेरो गन्तव्यमा पाइला मिसाउदै रमाउदा,
आफ्नो र आफना छोडेर आएकी तिमी,
दोबाटो पुगेको बटुवा जस्तै,
अलमलिएर कतै गन्तव्य नै भुल्यौ कि ?
सुन्दा, सुनाउदा ,भन्दा, गर्दा मेरै कथाहरु,
मेरै अघिल्तिर एक्लिएर तिमी,
डुबुल्किले डुबुल्की मारे जस्तै,
कतै तिमी आफैमा हरायौ की ?
म त व्यस्त, अस्त व्यस्त,
भैहाले आफ्नै बाटोमा,
तिमी सुस्त, चुस्त रहदा,
आफु पो आफु रहिनौ की ?

टिप्पणियाँ
एक टिप्पणी भेजें