कति भनु र खै
कति भनु र खै?
कति भनु र खै कहाँबाट सुरु गरौ?
पत्रपत्र पैतलाका पातलिएर
पल्टाउदै पहरहरु,
खाली खुट्टा मैले , रहर चराएको कुरा,
कति भनु र खै
मैलिएर मौजाएका
सपनाका मुजाहरुलाई
आफ्नै रगतको तरलताले,
भिजाएको कुरा,
एउटा रहरलाई
फेरि अर्को रहरले
रिझाएको कुरा,
कति भनु र खै ?
आखै अगाडी आफैलाई,
रमिते बनाएर,
आफ्नै दुखेको गाथा अाफैलाई सुनाएर
आफुसँग वर्षौ पोखिएको कुरा
आफैसग अनन्त बगेको कुरा
कति भनु र खै ?
त्यो वर्षात भन्दा
'बेसी झरेको कुरा
त्यो भेल भन्दा बेसी
उर्लैको कुरा
त्यो छागाँ भन्दा माथिबाट
खसेको कुरा
त्यो शिसाभन्दा बढ़ी
टुक्रीएको कुरा
कति भनु र खै.
यो यात्रा सहजै गरौला
भन्दा भन्दा जिन्दगी छोट्टिएको,
गन्तव्य पुग्दै गर्दा
यात्रा सकिदै गर्दा
आफ्नाहरु छुटेको
आफैलाई सम्हाल्दा सम्हाल्दै
आफै टुटेको कुरा
कति भनु र खै
भयो, यो त केही होइन,
अझै बाँकी छन
अझै ठुला छन
अझै कहालीलाग्दा छन
अझै भयङकर छन,
अझै दयनिय झन
ती सर्षघका कुरा,
यी जिन्दगीका कुरा
यि मेरी आमाका कुरा
यि मेरो जिउँदी
भगवानका कुरा |
टिप्पणियाँ
एक टिप्पणी भेजें